कराँची जेलमा तीनसय जनामा संक्रमण
शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

पाकिस्तान, जेठ १० : पाकिस्तानको कराँचीस्थित जेलमा तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ ।कारागारका अधिकारीहरुले संक्रमित र संक्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाडो चाडै संक्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सवै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो ।

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर