लन्डन, असार ३१ : इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेड साउथ ह्याम्पटनसँग बराबरीमा रोकिएको हो ।
खेलमा म्यानचेस्टर युनाइटेड र साउथ ह्याम्पटन २–२ गोलको बराबरीमा रोकिए । खेलको १२ औं मिनेटमा साउथ ह्याम्पटनका स्टुआर्ट आर्मस्टोङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २० औं मिनेटमा म्यानचेस्टर युनाइटेडका रासफोर्डले गोल गरी खेल बराबरी बनाए ।
त्यसपछि खेलको २३ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका एन्टोनियो मार्सिएलले गोल गरी अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ९६ औं मिनेटमा साउथह्याम्प्टनकाका मिचेल ओवाफेमीले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमै रोकियो ।