एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’
बुधबार, असार ३१, २०७७ मा प्रकाशित
काठमाडौं, असार ३१ : एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाईसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् ।
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् ।
प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहितमात्र रु ९५.७७ लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रतिदिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् ।
त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहितमात्र १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइँदा लिन सक्छन् । साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहककालागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् ।
यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् ।
जस्तै ७ दिनको प्याकलिनका लागि ग्राहकले १००, १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘इन्डलेस कुराकानीप्लस’अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामीनिकै हर्षित छौं यीआकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थपमुल्यप्रदान गर्ने विश्वास लिएका छौं ।’
आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत नै रहीएनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युबप्लस’ अफर ल्याई सकेको र साथै ‘वायर फ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरी सकेको छ ।
‘प्लस’ थिमले नवीन र विशेष सेवाहरूको साथ ग्राहकलाई हरेक पलजहाँभएपनि सेवामापहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर