शुक्रबार, साउन ०९, २०७७
मा प्रकाशित
0
Shares
इटाली, साउन ९ : बिहिबार राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टस पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्टस उडिनेससँग २–१ गोलले पराजित भएको हो ।
उक्त खेलको ४२ औं मिनेटमा युभेन्टसका माथिस डि लिग्टले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ५२ औं मिनेटमा र अन्तिम समयमा उडिनेसका एलिज नेस्तोरोभ्स्की र सेको फोफनाले गोल गरे ।
जितसँगै उडिनेस ३९ अंकका साथ अंकतालिकाको १५ औं स्थानमा रहेको छ भने युभेन्टसले ३५ खेलबाट यु अंकतालिकामा ८० अंक बनाएको छ।