दुबई-मुम्बई इन्डियन्सले सेप्टेम्बर १९ मा चेन्नई सुपर किंग्ससँग खेल्दै यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि बचाउ अभियान सुरु गर्ने भएको छ । गत सिजनमा यही दुई टोली फाइनलमा भिडेका थिए । मुम्बईले नाटकीय खेलपछि उपाधि उचालेको थियो ।
आईपीएलले आइतबार खेल तालिका प्रकाशित गरेको छ र त्यसमा मुम्बई र चेन्नईले अबुधाबीमा पहिलो खेल खेल्नेछन् । दोहोरो राउन्ड रोबिनमा हुने खेलमा अबुधाबीले २०, दुबईले २४ र शारजहाँले १२ खेल आयोजना गर्नेछन् ।
मुम्बई र कोलकाता नाइट राइडर्सले अबुधाबीमा ८–८ खेल खेल्नेछन् । सनराइजर्स हैदराबादले दुबईमा ८ तथा किंग्स ११ पञ्जाब, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरले दुबईमा समान ७ खेल खेल्ने छन् । राजस्थान रोयल्सका खेल बाँडिएका छन् र टोलीले दुबईमा ६, अबुधाबीमा ५ र शारजहाँमा ३ खेल खेल्नेछ ।