सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण
शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित

१३मंसिर (फरकसमाचार)नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले सामाजिक संजालमा लेखेका छन् ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर