भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा नेपालकी श्रुतीलाई दुई स्वर्ण
मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित

२३मंसिर -भारतमा सम्पन्न २१ औं विश्व पावर लिफ्टिङमा नेपालकी श्रुती कार्कीले दुई वटा स्वर्ण पदक जितेकी छन्। महाराष्ट्रस्थित अमरावतीमा हालै सम्पन्न भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले दुई स्वर्ण पदक जितेकी हुन्। ५५ केजी तौल समूहमा सुर्खेती चेली कार्कीले स्वर्ण पदक जितेको जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए।

कर्णालीबाट समग्र नेपालको प्रतिनिधित्व गरेकी कार्कीले अन्तर्राष्ट्रिय प्रतियोगीतामा दुई स्वर्ण पदक जित्न सफल भएकी हुन्,’ हमालले भने, ‘यो कर्णालीका साथै नेपालका लागि गर्बको विषय हो।’ पुरुषतर्फ भएको प्रतियोगितामा दुई स्वर्ण र एक रजत पदक जितेको छ। नेपालका हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण र राजेश सुवालले रजत पदक जितेका छन्।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर