एसियाड पदक विजेता युकेश र विशाल प्रतिबन्धमा
बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित

मंसिर २५ पोखरा – एसियाली खेलकुदका रजत पदक विजेता युकेश गुरुङ र विशाल थापासहित पोखरामा क्रियाशील ८ प्यारा पाइलटलाई व्यावसायिक उडान गर्नबाट अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले उडानको क्रममा नियम विपरित कार्य गरेको आरोपमा उनीहरु माथि प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयर स्पोर्टस संघसँग नियम विपरित कार्य गने प्यारा पाइलटको नाम मागेको तर संघले उपलब्ध नगराए पछि प्राधिकरणले आफै कारवाही गरेको जनाइएको छ ।

युकेश र विशाल दुई वर्षअघि इन्डोनेसियामा भएको एसियाडका रजत पदक विजेता खेलाडी हुन् । उनीहरुसँगै एलिस थापा, अन्जन कुवर, संग्राम थापा, सुवास थापा, रिखी पोडे र साहिल खसनलाई स्पष्टीकरण माग सहित अनिश्चित समयको लागि प्रतिबन्ध लगाएको हो ।

मंसिर ८ गते प्यारा पाइलटले नियम विपरित ल्यान्डिङ गर्ने समयमा रूखको पात टिप्न खोज्दा दुर्घटना भएको र ज्यान गएपछि अहिले प्राधिकरणले कडाई गरेको छ । युकेश सहित ८ प्यारा पाइलटले उडानकै क्रममा पात टिप्ने, तालको पानी छुने जस्ता क्रियाकलाप गरेको बताएको छ । जुन नियम विपरित हो । त्यो दुर्घटनासँगै अहिले पोखरामा प्यारा ग्लाइडिङ गर्न जानेको संख्या तुलनात्मक रूपमा कम भएको छ ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले प्रतिबन्ध लगाएपनि यी ८ प्यारा पाइलटले सिङगल उडान भने भर्न पाउनेछन् । नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार युकेश र विशाल सहित अन्यलाई यो प्रतिबन्धले खेलमा कुनै असर नपर्ने बताएका छन् ।

सन् १९९८ पछि नेपालले एसियाडमा रजत पदक जित्दा १६ वर्षका युकेशको प्रदर्शन सबैभन्दा उत्कृष्ट थियो । उनी, विशाल सम्मिलित टोलीले क्रस कन्ट्री टिममा नेपाललाई रजत पदक जिताएका थिए । एसियाली खेलकुदको समूह स्पर्धामा नेपालको त्यो पहिलो र एक मात्र पदक हो । युकेश विश्व प्यारा ग्लाइडिङका कास्य पदक विजेता पनि हुन् ।हाम्रो खेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर