पौष ४ काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले टि टेन लिगमा टिम आबूधाबीले आफूलाई दिएको नयाँ भूमिकाले उत्साहित रहेको बताएका छन् ।
गतवर्ष टिम आबूधाबीबाट खेलाडीको रुपमा खेलेका पारसलाई यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ । पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टि टेनमा खेल्ने अवसर समेत प्रदान गर्नेछन् । यस नेपाली क्रिकेटका युवा खेलाडीले मौका पाउने सम्भावना बढी रहन्छ ।
‘टिम आबूधाबीले मलाई दिएको नयाँ भूमिका निर्वाह गर्न म उत्साहित छु । नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा छ । टिम आबूधाबीमा हाम्रा क्रिकेटरहरुलाई थप अवसर मिल्ने छ’, पारसले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै भनेका छन् । टि टेन लिग आगमी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।
गतवर्ष टि टेनमा पारसको प्रर्दशन
पारसले लिग अवधिभर ३ खेल खेल्न पाएका थिए । जसमा २ खेलमा ब्याटिङ र १ खेलमा बलिङ गरेका थिए । २ खेलमा ४ बलको सामना गर्दा ४ रन जोडे । अन्त्यमा मौका पाएका पारस दुवै खेलमा नटआउट रहेका थिए । पहिलो खेलमै टिम आबुधाबीले कलन्दर्सविरुद्ध पारसलाई मैदान उतारेको थियो ।
अन्तिममा पारसले ३ बलमा ३ रन जोडे । दोस्रो खेलमा पनि टिम आबुधाबीले नर्थन वारिसयर्सविरुद्ध पहिलो रोजाईमा उतारेको थियो। जसमा अन्तिममा १ बलमा १ रनमा अविजित रहे । बलिङमा २ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । पारस खेलेको तीनै खेलमा टिम आबुधाबी पराजित भएन । पारस नखेलेको तीनै खेलमा टिम आबुधाबीले जित निकाल्न सकेको थिएन ।हाम्रो खेलकुदबाट साभार