फेडेरर पनि सहभागी हुने
सोमबार, पुष ०६, २०७७ मा प्रकाशित

६ पुस -अस्ट्रेलियन ओपनका आयोजक क्रेग टिलेले मेलबर्नमा हुने वर्षको पहिलो ग्रान्ड स्लाममा २० पटक ग्रान्ड स्लाम च्याम्पियन रोजर फेडेररसहित विश्वका शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्ने बताएका छन् ।तीन हप्ता पछि सारिएको वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन ५० प्रतिशत दर्शकसहित आगामी फेब्रुअरी ८ देखि सुरु हुनेछ, जहाँ खेलाडीले १४ दिनको

क्वारेन्टिन समय बिताउनुपर्नेछ।अस्ट्रेलियन ओपन महामारीका कारण प्रभावित हुँदा फेडेररलाई केही फाइदा मिलेको थियो, जसले गत हप्ता मात्र चोटका कारण आफूले अहिले पनि समयसँग प्रतिस्पर्धा गर्नुपरेको बताएका थिए।दुई चरणमा गरिएको सर्जरीका कारण फेडेररले आशा गरिएभन्दा बढी समय रिकभरीमा बिताउनुपरेको थियो।

अस्ट्रेलियन ओपनका आयोजक टिलेले आफू ३९ वर्षे फेडेररसँग दैनिक सम्पर्कमा रहेको र उनले प्रि–सिजनको अभ्यासबाट फिट हुने विश्वास व्यक्त गरेको बताएका छन्।‘रोजरसहित हरेक खेलाडीले मेलर्बनमा खेल्ने प्रतिबद्धता जनाइसकेका छन्,’ शनिबार मात्र नयाँ मिति तय गरेपछि टिलेले भने, ‘रोजरसँग पनि सम्पर्कमै छौं र तीन दिनअघि मात्र उनको टिमसँग कुरा भएको थियो।उनी प्रि–सिजनको ट्रेनिङपश्चात् फिट हुनेछन्।फेडेररले पनि फेब्रुअरी ८ उनका लागि योग्य हुने बताएका छन् ।’ तथापि आगामी दुई तीन हप्तामा फेडेररको प्रि–सिजन अभ्यास कस्तो रहन्छ भन्ने विषयले धेरै कुरा निक्र्योल गर्ने टिलेको भनाइ छ ।

फेडेरर ६ पटक अस्ट्रेलियन ओपनका विजेता हुन्।तर, गत अस्ट्रेलियन ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित भएपछि फेडेररले सिजनका सबै खेल गुमाएका थिए।राफाइल नाडालले १३औं पटक फ्रेन्च ओपन जित्दै करियरको २०औं ग्रान्ड स्लाम उचाल्दा फेडेरर कोर्टबाहिर सीमित थिए।अस्ट्रेलियन ओपनको पुरुष र महिला दुवैका क्वालिफायर दोहा र दुबईमा जनवरी १० देखि १३ मा सञ्चालन हुनेछन् र त्यसपछि मात्र जनवरी १५ मा खेलाडीहरू विशेष चार्टर फ्लाइटमा मेलबर्न पुग्नेछन्।त्यहाँ पुगेका सबै खेलाडीको कोभिड–१९ परीक्षण गरिएपश्चात् मात्र उनीहरूलाई दिनको पाँच घन्टा अभ्यास गर्ने समय दिइने

टिलेले बताए ।

ती खेलाडी सबै बायो सेक्युर बबलभित्र रहनेछन्।खेलाडीलाई आयोजकबाट होटल र खेल स्थान मेलबर्न पार्क तय गरिएको छ।कुनै खेलाडीमा कोरोना पोजिटिभ देखिएमा उनीहरू सोही होटलमै आइसोलेसनमा बस्नुपर्नेछ।‘यदि कुनै पनि खेलाडीले स्वास्थ्य सुरक्षा मापदण्ड तोडेमा उनीहरूलाई जरिवानासमेत गरिनेछ,’ टिलेले भने।आयोजकले हाल कयौं संख्यामा भित्रिने खेलाडी र सपोर्टिङ स्टाफलाई कसरी स्वास्थ्य सुरक्षा दिने भन्ने बारे लामो समयदेखि योजना  बनाइरहेको छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर