७पुस -म्यानचेस्टर युनाइटेड आइतबार लिड्स युनाइटेडमाथि ६–२ को सानदार जितका साथ इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिँदा लेस्टर सिटीले भने टोटेनह्यामलाई निराश पारेको छ।
युनाइटेड र लिड्स १६ वर्षपछि पहिलो पटक प्रिमियर लिगमा भिडेका थिए, जहाँ ओले गनर सोल्सजायरको टोलीले दर्शकविहीन घरेलु मैदानमा आफ्नो दबाब कायम राखेको हो। सिजनको सुखद सुरुआत गर्न नसकेको युनाइटेड १३ खेलको समाप्तिमा २६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको हो। जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको साबिक विजेता लिभरपुलभन्दा मात्र ५ अंक कम हो। लेस्टर सिटी २६ अंकका साथ दोस्रो स्थानमा छ भने एभर्टन २६ र टोटेनह्याम २५ अंकका साथ चौथो र पाँचांै स्थानमा छन्। साउथह्याम्पटन २४ र म्यानचेस्टर सिटी २३ अंकका साथ छैटांै र सातांै स्थानमा छन्। प्रिमियर लिगका सबै अवे खेलमा शतप्रतिशत नतिजा ल्याएको युनाइटेडको घरेलु मैदानमा भने यो मात्र दोस्रो जित हो।
खेलको दोस्रो र तेस्रो मिनेटमा स्कट म्याकटोमिनीको गोलमा युनाइटेडले २–० को अग्रता लिएको थियो। २०आंै मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको अग्रता बढाएका थिए। त्यसको १७ मिनेटपछि भिक्टोर लेन्डोफले बललाई जाली चुमाउँदै युनाइटेडको अग्रता ४–० मा पु¥याए। ४१औं मिनेटमा लिड्सका लियाम कोपरले बललाई पोस्टको दिशा दिँदै गोलअन्तर कम गर्ने प्रयास गर्दा ५२औं र ६६औं मिनेटमा ड्यानियल जोन्सले गोल गर्दै युनाइटेडलाई ६–१ को अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटपछि स्टुवार्ड डलासले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन। सोल्सजयारले खेलको पहिलो मिनेटबाटै लिड्समाथि हाबी भएकाले आफ्नो टोलीको सहज जित सम्भव भएको बताए।
‘मैदानमा ७५ हजार दर्शक उपस्थित भैदिएको भए, लिड्सविरुद्ध हामीले हात पारेको ऐतिहासिक जितको साक्षी बन्ने थिए,’ सोल्सजायरले भने, ‘हामीले कठिन चुनौती सहज रूपमा पार ग¥यांै। हामीले अझै अग्रता बढाउन सक्थ्यौं, तर पनि म टोलीका प्रदर्शनबाट सन्तुष्ट छु। ’ प्रिमियर लिगका पछिल्ला ७ खेलमा छैटांै जित हात पारे पनि अहिले नै आफूहरूलाई उपाधिको दाबेदार भनिहाल्न नहुने सोल्सजायरले बताए। ‘हामी लिगको मध्यसम्म पनि पुगेका छैनांै,’ उनले भने, ‘हामी अहिले लिगमा कुन स्थान हात पार्ने भन्दा पनि कसरी राम्रो प्रदर्शन गर्नेमा केन्द्रित छौं। हामी अझै सुधारिएको प्रदर्शन गर्न चाहन्छांै। क्रमिक रूपमा स्वाभाविक लयमा फर्कंदै छौं। हाम्रा समर्थक यही चाहन्छन्। ’
यता आइतबारै भएको अर्को खेलमा टोटेनह्याममाथि २–० को जितका साथ लेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको थियो। गत बुधबार लिभरपुललाई २–० को नतिजा सुम्पिएसँगै टोटेनह्याम प्रिमियर लिगको शीर्ष स्थानबाट तल झरेको थियो। टोटेनह्यामको यो लगातार दोस्रो हार हो। लेस्टरले यस सिजन खेलिएको ७ अवे खेलमा ६ मा जित हात पारेको छ। ‘हामीले घरेलु मैदानमा पनि जितको बानी बसाल्नुपर्छ,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने, ‘हामीले सुधारिएको प्रदर्र्शन गरिरहेका छौं र यो सकारात्मक पक्ष हो। ’ आइतबारै भएको अर्को खेलमा वेस्ट ब्रोमले एस्टन भिल्लालाई ३–० ले हरायो। साभार नागरिक दैनिक