नेपाली क्रिकेटर कनिष्क अमेरिकाको प्रशिक्षण क्याम्पमा
बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

काठमाडौं, माघ २९  – नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका ३५ वर्षीय क्रिकेटर कनिष्क चौगाईं अमेरिका क्रिकेटको क्षेत्रिय बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

अमेरिकाले सोमबार आफ्नो उमेर र सिनियर टोलीको सबै क्षेत्रबाट प्रशिक्षणमा सहभागी हुने नाम सार्वजनिक गर्दै खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । जसमा कनिष्क वेस्ट क्षेत्रको टोलीमा छन् । वेस्ट टोलीमा अमेरिका कप्तान समेत सौरभ नेत्रवाल्कर, तिमिल पटेल, निसर्ग पटेल, दक्षिण अफ्रिका पूर्व क्रिकेटर रस्टि थेरन लगायतका चर्चित खेलाडी छन् ।

अञ्चल छनोट समिति र अमेरिका क्रिकेट कोचिङ स्टाफले नियमित अभ्यासको निरिक्षण गर्ने छन् । जसमा छनोट समितिले खेलाडी थप्न र हटाउन सक्नेछ । जुन प्रर्दशन, क्षमता, फिटनेस लगायत कुरामा निर्भर रहने अमेरिकाले जनाएको छ । यस क्षेत्रिय प्रशिक्षणमा राम्रो गर्ने खेलाडीले अमेरिका क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बाटो खुल्ने छ ।

यसले अमेरिका क्रिकेटमा ठूलो विकास पुर्याउने आशा गरिएको छ । अमेरिकाले देशभरबाट १२ क्षेत्रिय टोली बनाएको छ । जसमा अमेरिका २ सय ७५ खेलाडीले आफ्नो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने छन् । ओमानमा मार्चमा नेपाल र अमेरिकाबीच हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित हुने भएपछि सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाउने ४४ खेलाडी पनि आफ्नो क्षेत्रबाट खेल्ने अमेरिका क्रिकेटले जनाएको छ । कनिस्कले खेल्ने वेस्टको टोलीमा अमेरिका कप्तान सौरभ लगायत थुप्रै सिनियर खेलाडी छन् ।

कनिष्कले सन् २००८ सम्म नेपालबाट खेलेका थिए । उनी ओपनरको भूमिकामा खेल्ने गर्दथे । मध्यगतिमा बलिङ गर्ने गर्दथे । ३५ वर्षिय उनले नेपालबाट यू१७ हुँदै तीन विश्वकप यू१९ र सिनियर टोलीबाट खेलेका थिए । उमेर समूहमा ठूलो सम्भावना बोका खेलाडी उनले देशमा भविष्य नदेखेपछि अमेरिका गएका थिए । आइसिसी यू१७ एसिया कप पाकिस्तानमा सन् २००० मा खेलेका थिए ।

त्यसैवर्ष बंगलादेशमा एसिसी यू१७ एसिया कप खेलेका थिए । सन् २००२ मा नेपालले यू१९ विश्वकपमा न्युजिल्यान्डमा उत्कृष्ट प्रर्दशन गर्दा कनिष्क टोलीमा थिए । सन् २००४ मा पनि कनिस्कले यू१९ विश्वकप नेपालबाट खेले । सन् २००४ मै कनिष्कले नेपालबाट एसिसी फास्ट ट्रयाक प्रतियोगितामा हङकङविरुद्ध सिनियर टोलीमा डेब्यू गरेका थिए ।

कनिष्कले सन् २००६ मा नेपाली यू१९ टोलीको विश्वकपमा कप्तानी गर्दै प्लेट फाइनल च्याम्पियन बनाएका थिए । उक्त विश्वकपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । श्रीलंका भएको उक्त विश्वकपमा नेपालबाट कनिस्कले कप्तानी गर्दा वर्तमान टोलीका वसन्त रेग्मी, शरद भेषाकर, ज्ञानेन्द्र मल्ल र पारस खड्का टोलीमा थिए ।

त्यसअघि नेपालले दक्षिण अफ्रिकालाई प्लेट सेमिफाइनलमा हराउँदा कनिष्क टोलीको हिरो बन्दै म्यान अफ द म्याच चुनिएका थिए । ओपनर तथा कप्तान उनको ५९ रनको सहयोगमा नेपालले २ रनले हराउँदा फाइनलमा पुगेको थियो । उनले नेपालबाट अन्तिम खेल सन् २००८ मा अफगानिस्तानसँग खेलेका थिए । उक्त खेलमा उनले ४३ रन जोडेका थिए । हाम्रोखेलकुदबाट

प्रतिक्रिया

सम्बन्धित खवर