सोमबार, फागुन ०३, २०७७
मा प्रकाशित
0
Shares
एजेन्सी, फागुन ३ –इंग्लिस प्रिमियर लिगमा एभर्टन घरेलु मैदानमा फुलहमसाग स्तब्ध बनेको छ । जोस माजाले दुई गोल गरेपछि फुलहमले एभर्टनलाई उसकै मैदानमा २–० ले स्तब्ध पारेको हो ।
गुडिसन पार्कमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा फुलहमले दुई गोल गर्न सफल भएको थियो ।
४८औं मिनेटमा जोस माजाले गोल गर्दै एभर्टनलाई १–० ले अघि बाए । उनले ओला एनाको पासमा गोल गरेका थिए । ६५औं मिनेटमा जोस माजाले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा फुलहम २–० ले विजयी हुन सफल भयो ।
जितसँगै फुलहम २३ खेलबाट १८ अंक जोडेर १८औं स्थानमा यथावत रहेको छ । पराजित एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।हाम्रोखेलकुदबाट