काठमाडौं, जेठ १३। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ८४७ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुलसंख्या २ करोड ७३ लाख ६९ हजार नाघेको छ ।
यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३ लाख १५ हजार २३५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ लाख १९ हजारमा झरेको छ ।
पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।
यस्तै कर्नाटकमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ ।
भारतमा हालसम्म २० करोड २६ लाख डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।अनलाइनखबरबाट साभार