प्रशिक्षक अलमुताइरीको राजीनामा !
आइतबार, साउन १०, २०७८ मा प्रकाशित

काठमाडौं,साउन १० / सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका छन् । दुई दिन अघि मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए ।हाम्रो खेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर