बर्दिया,चैत २७(फरकसमाचार)/ ईट्टा व्यवसायी संघ बर्दियाको अध्यक्षमा देवेन्द्र (मंगल) पाण्डे चयन भएका छन् । ईट्टा व्यवसायीहरुको भेलाले मंगलबार अध्यक्षमा पाण्डेलाई सर्वसम्मत चयन गरेको हो ।
अध्यक्षमा पाण्डेसहित नौ जनाको जिल्ला कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा खडानन्द कडेल र सचिवमा कृष्ण यादव चयन भएका छन् । कोषाध्यक्षमा धनविर चौधरी, सहसचिवमा जावेद गद्दी र सहकोषाध्यक्षमा विवेक पोरवाल चयन भएका छन् ।
त्यसैगरि सदस्यमा शोम पाण्डे, मैनुद्दीन खाँ र मेराज खाँ चयन भएका हुन् । नवगठित कार्यसमितिको कार्य अवधि दुई वर्ष रहने जनाईएको छ । यस अघि ईट्टा व्यवसायी संघको अध्यक्षमा मनोज कुमार वर्मा रहेका थिए ।