चर्को आवाजमा डिजे बजाउँदा झ्यालखानामा बस्नु पर्ला
बुधबार, चैत २६, २०८१ मा प्रकाशित

बर्दिया,चैत २७/ सोमबार राति चर्को आवाजमा डिजे बजाएको गुनासो आएपछि प्रहरी टोली त्यसतर्फ परिचालन भयो । गुलरिया नगरपालिका–४ बेलौली स्थित प्रहरी पुग्दा चर्को आवाज डिजे घन्काईएको थियो ।

मध्यरातमा चर्को आवाजमा डिजे नबाउन प्रहरीले पटक पटक आग्रह गरिरह्र्यो । तर,स्थानीय युवा आवाज कम गर्नुको सट्टा उल्टै प्रहरीमाथि खनिए । स्थानीय युवा र प्रहरी बिच झडप भयो । जसमा सशस्त्र प्रहरी सेनामुखबाट खटिएका एक हवल्दार र प्रहरी जवान घाईते भएका छन् ।

झडपमा संलग्न रहेका ६ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । जसमा गुलरिया नपा.४ का बाबुराम गोडियालाई नियन्त्रण लिई सात दिनको म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी ऋषिराम घर्ति मगरले जनाए । हातपातमा संलग्न अन्यको खोजी भईरहेको डिएसपी मगरले जानकारी दिए ।

मध्यराति चर्को आवाजमा गीत बजाएर होहलला नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई पक्राउ गरिएको बर्दियाका एसपी केदार खनालले बताए ।

पछिल्लो समयमा जिल्लाभरि डिजे आतंक बढिरहेको सर्वसाधारणले गुनासो गर्छन् । डिजे आतंकको व्यापक गुनासो आएपछि गत चैत १० गते प्रहरीले प्रेस विज्ञप्ती जारी डिजे बजाएर ध्वनि प्रदुषण नगर्न चेतावनी दिएको थियो ।

डिजे बजाउन नमानेपछि प्रहरी एक्सन लिएको छ । ध्वनि प्रदुषणले विद्यार्थीको पढाईमालगायत बिरामीलाई प्रत्यक्ष असर परिरहेको छ । त्यसैगरि टाउँको दुख्ने, कान कम सुन्ने, रिस उठ्ने, तनाब बढ्ने, निद्रा नलाग्ने र मुटु सम्बन्धी समस्या बढ्ने खतरा ध्वनि प्रदुषणले हुने गरेको चिकित्सकको भनाई छ । स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर