बर्दियामा प्रजिअ सुरेन्द्र पौडेल आउँदै
सोमबार, जेठ २०, २०८२ मा प्रकाशित

बर्दिया,जेठ १९ / बर्दियामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल आउने भएका छन् । मन्त्रालयको जगेडामा रहेका सहसचिव पौडेल प्रजिअ भएर बर्दिया आउन लागेका हुन् । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट चार जिल्लाका प्रजिअसहित ६ सहसचिवहरुको सरुवा भएको हो ।

बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकी रुद्रादेवी शर्माको कास्कीको प्रजिअमा सरुवा भएको छ ।

त्यसैगरि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ । मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय