६ सय ५२ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

बर्दिया,असार ६ (फरकसमाचार) / तीन महिनामा ६ सय बढीको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । गुलरिया नगरपालिका–६ स्थित रहेको नेपाल रेडक्रस सोसाइटी शिवगंगा आँखा अस्पतालमा चालु आर्थिक वर्षको चैत देखि जेठसम्म ६ सय ५२ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

कियूर बलाईन्डनेस र रुइत फाउन्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटी शिवगंगा आँखा अस्पतालको समन्वय तथा प्राविधिक सहयोगमा निःशुल्क शिविर संचालन भएको थियो । मोतियाबिन्दु केस स्क्रिनिङ गर्न जिल्लाका ६ वटा पालिकाको विभिन्न ठाउँमा शिवगंगा आँखा अस्पतालका नेत्र सहायक कृश्लय मिश्रको नेतृत्वमा ३ हजार ४४ जना मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो ।

यदि निःशुल्क शिविर संचालन नभएको भए एसआइसिएस प्रविधिबाट एक जनाले मोतियाबिन्दुको शल्यक्रिया गर्न रु ७ हजार खर्च गर्नु पथ्र्यो ।
चैत देखि जेठसम्म ६ सय ५० जनाको एसआइसिएस प्रविधिबाट र गत शनिबार सुरु गरिएको फेको (कम्प्युटर)प्रविधिबाट २ जनाको निःशुल्कमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको शिवगंगा आँखा अस्पतालका म्यानेजर केसीले बताए ।

‘सेवाग्राहीको माग अनुसार फेको प्रविधि भिœयाईएको हो,’उनले भने,‘फेको प्रविधि खोज्दै आउने सेवाग्राहीलाई फर्किनुपर्ने बाध्यता हटेको छ, करिब रु ५७ लाखको लागतमा फेको प्रविधि भिœयाईएको छ ।’

फेको प्रविधि जिल्लाको लागि नविनतम प्रविधि हो । यस अघि शिवगंगा आँखा अस्पतालमा एसआइसिएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिन्थ्यो । फेको प्रविधिद्वारा आँखाको शल्यक्रिया गराउने बिरामीहरु अन्य जिल्ला जानुपर्ने बाध्यता रहेको थियो । फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा घाउँ ठुलो नहुने आँखा अस्पतालले जनाएको छ ।

फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा रु १० हजार खर्च लाग्ने म्यानेजर केसीले जनाए । फेको प्रविधिबाट शल्यक्रिया गराउन चाहेलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरिने शिवगंगा आँखा अस्पताल गुलरियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय