गुलरियाका वडा अध्यक्ष, खोपकर्तालाई सम्मान, उमेर पुगेका स्वास्थ्य स्वयमसेविकालाई बिदाई
शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

बर्दिया, असार ६  (फरकसमाचार) / गुलरिया नगरपालिकाले पुर्ण खोप सुनिश्चितता घोषणा र उमेर पुगेका स्वास्थ्य स्वयमसेविकालाई बिहिबार एकै दिनमा औपचारिक कार्यक्रम गरेर एक साथमा बिदाई र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पुर्ण खोप सुनिश्चितता नगर घोषणा गर्न वडा अध्यक्षले निभाएको भुमिकालाई उच्च कदर गर्दै प्रमाण सहित सम्मान गरिएको हो । यसैविच खोप सुनिश्चितता नगर घोषणा गर्ने खोपकर्तालाई समेत प्रमाण पत्र सहित नगरपालिकाले सम्मानगरेको हो । उमेर पुगेर सेवा निवृत स्वास्थ्य स्वयसेविकालाई समेत सम्मान गरिएको छ ।

वडा अध्यक्ष र स्वयमसेविकालाई नगर प्रमुख मुक्तिनाथ यादव,उप–प्रमुख साबित्रा गौतम र प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीलाई संयूक्त रुपमा गुलरिया नगरमा कार्यरत स्वास्थ्य स्वयमसेविकाले खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य स्वयसेविकाको तर्फबाट बोल्दै दुर्गा रावलले राज्य र फिल्डमा खटिने स्वयमसेविका कमजोरीको पाटोमा खुलासा गरेकि थिईन । पहिला स्वतस्फुर्तरुपमा स्वयमसेवकको भुमिकामा रहने प्रतिबद्धता भित्रिएपनि केहि महिनामा महोत्वाकांक्षा स्वास्थ्य स्वयमसेविकामा देखिने गरेको रावलले दोष लगाईन् । राज्यले बिभेद गरे पनि गुलरिया नगर कार्यपालिकाको कार्यापालिकाबाट स्वास्थ्य स्वयमसेविकाले आवश्यक सहयोग पाईरहेकोमा खुसी व्यक्त गरिन् । वडा अध्यक्षका तर्फबाट मन्तव्य राखेका वडा अध्यक्ष हरि पासवानले स्वास्थ्य स्वयसेविकालाई १२ वटा वडाले मिलेजति सेवा सुविधा दिन रोष्टमबाट आह्वान गरे ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले खोप सुनिश्चितता गर्न स्वास्थ्य स्वयमसेविकाले निभाएको भुमिकाको उच्च कदर गर्न पर्ने कुरा औल्याएका थिए । स्वास्थ्य स्वयमसेविका,खोप कर्ता र वडा अध्यक्षले खोप सुनिश्चियतता नगर घोषणा गर्न रुचि देखाएका कारण सम्भव भएको प्रमुख शाहले बताए । यस्तै स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले कोभिड १९ को स्मरण गर्दै मृत्यु दर घट्नुमा खोपको प्रमुख भुमिका रहेको बिषय उठान गरेर चर्चा गरे ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका नगर प्रमुख मुक्तिनाथ यादवले खोप सुनिश्चितता नगर घोषणमा प्रमुख भुमिका निभाउँने नगर भित्रका १२ वटा वडाका अध्यक्ष, स्वास्थ्य स्वयमसेविका र खोपकर्ताको भुमिकाको प्रशंसा गरेका थिए । स्वास्थ्य स्वयमसेविकाले वडाका घर घर पुगेर खोपबाट बन्चित बालबालिकालाई खोजी खोजी खोप लगाउँन खोप केन्द्रसम्म पु¥याएको बिषयमा धेरै मेहनत र लगनले सफल भएको नगर प्रमुख यादवले बताउँदै खोपकर्ताले आफ्नो डिउटि पुुरा गर्ने कार्य गरेकाले गुलरिया नगरपालिका सक्षम बन्न सहयोग पुगेको बताए । ‘नगरपालिकासँग मन भएपनि धन छैन’नगर प्रमुख यादवले भने,’तर,राज्यसँग लडेर आफ्ना सेवा सुबिधा बढाउँन स्वास्थ्य स्वयमसेविकाले गर्ने हरेक आन्दोलनमा साथ दिन तयार छु ।’

कार्यक्रमको स्वागत मन्तव्य गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव कुमार चौधरीले राखेका थिए भने स्वास्थ्यकर्मीको तर्फबाट जनक योगीले कार्यक्रमका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय