बर्दिया,असार ७ (फरकसमाचार) / अचेत युवालाई बचाईदिन परिवारले अपिल गरेको छ । गुलरिया नगरपालिका–७ गुलरिया गाउ“का आरिफ धोबीको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।
गत आइतबार देखि अचेत रहेका युवाको उपचारको लागि आर्थिक समस्या भईरहेको परिवारले जनाएको छ । गुलरिया नगरपालिका–८ स्थित रहेको लुम्बिनी सेरामिक्स टायल कम्पनीमा काम गर्दा गर्दै धोबी एक्कासी बेहोस् भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले नेपालगंज स्थित संजीवनी कलेजको भेन्टिलेटरमा अचेत धोबी उपचाररत छन् । चिकित्सकका अनुसार अचेत धोबीको ब्रेनमा ब्लड जमेको छ । परिवारको आर्थिक स्थिती कमजोर भएकोले उपचारमा समस्या भएको जनाईएको छ ।
जेठानको उपचारमा हालसम्म करिब रु ४ लाख बढि खर्च भईसकेको गुलरिया नगरपालिका–७ का अनवर अलि सिद्दिकीले बताए । ‘आफन्तसंग भएको र ऋण कर्जा लिएर उपचार गराउ“दा पनि जेठान अझै अचेत अवस्थामै हुनुहुन्छ,’उनले भने,‘परिवारको आर्थिक स्थित अत्यन्तै नाजुक छ ।’ आर्थिक अभाव हु“दा उपचारमा समस्या भईरहेको छ । अचेत धोबीको उपचारको लागि सबै मनकारी हातहरुले सघा“ईदिन उनको परिवारले अपिल गरेको छ ।
उपचारको लागि सहयोग गर्न चाहने महानुभावले अचेत धोबीको आफन्त ईद्रिस धोबीको बैंक खाता नंम्बर १२५०९८०५६४४०००१५ मा जम्मा गर्न सकिने परिवारले जनाएको छ ।