योग साधना गरेर मनाईयो योग दिवस
आइतबार, असार ०८, २०८२ मा प्रकाशित

बर्दिया,असार ८ /  योग साधना गरेर गुलरियामा अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । मुल आयोजक समितिको आयोजना, बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको सह–आयोजना र पतञ्जली योग समितिको सहकार्यमा शनिबार बिहान योग साधना गरेर गुलरियामा ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको हो ।


गुलरिया नगरपालिका–७ स्थित बगलामुखी मन्दिरको प्राङ्गणमा योग साधना गरेर योग दिवस मनाईएको छ । नियमित रुपमा योग साधना गरे मानसिक तथा शारीरिक रुपमा स्थ्य भईने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भनाई राखेका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कलावती विश्वकर्माले योग कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन् । उक्त दिवस प्रजिअ पौडेलको अध्यक्षतामा मनाईएको छ ।

दिवसको अवसरमा प्रभात फेरि निकालिएको थियो । गुलरियाको राधाकृष्ण चोक देखि सुरु भएको प्रभात फेरि मन्दिरको प्राङ्गणमा समापन भएको थियो ।


दिवसको अवसरमा आयोजित योग साधनामा प्रजिअ सुरेन्द्र पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, पतञ्जली योग समिति, हिन्दु स्वयंसेवक संघ नेपाल, बगलामुखी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित योग साधनामा चासो राख्ने २ सय बढि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय