लागूऔषध पछ्याउँदै प्रहरीका दक्ष तीन सारथी
आइतबार, असार ०८, २०८२ मा प्रकाशित

बर्दिया,असार ८ /  प्रहरीका सारथी भनेर चिनिने तालिम प्राप्त कुकुर(फिरिया, एन्जल र व्यूटि) शनिबार बिहान गुलरिया बसपार्कमा गाडीबाट ओर्लिदा गन्तव्य हिँडेका यात्रु झस्किन्छन् । तालिम प्राप्त कुकुर भने प्रहरीसँगै चेक जाँच उत्रिदाँ गुलरिया बसपार्कमा भिन्न माहोल बन्छ । प्रहरीका सहयोगी कुकुर गाडीमा चढ्ने र सुघेर उत्रिएको दृश्य अन्य दिनको बेग्लै देखिँदा धेरैको ध्यान खिच्छ । अरुले कुरा नबुझेकै बेला प्रहरीका सहयोगी कुकुरले बसपार्क कुना कोप्चामा पुगेर लागु औषध पछ्याईरहेको थाहा पाएपछि स्थानीय अचम्भित बन्छन् ।

नेपाल प्रहरी आफै अनुसन्धानमा पोख्त मानिन्छ । प्रहरीले चाह्यो भने सियो र मुसो पनि लुक्न सक्दैन भन्ने उक्तिनै छ । तर,कहिले काहि ठूला अपराध अनुसन्धान समेत प्रहरीको सारथी खोज्दा–तालिम प्राप्त ककुरको सहयोग अपरिहार्य प्रहरी ठान्छ । फौजदरी अपराध वा जघन्य अपराधका अपराधी खोज्न होस वा अनुसन्धानमा कुकुरको सहयोगले ठूला ठूला क्राईमा सिनलाई सहज रुपमा किनारा लगाउँन प्रहरी सफल हुँदै आईरहेको उदाहरण प्रशस्तै छन् ।

लागू औषध अपराधमा जिल्ला जोखिम मानिन्छ । जिल्लाको ८२ दशमलमल पाँच किलोमिटर भारतसंगको खुल्ला सिमानाले लागु औषध ओसार पसार भईरहेको रेकर्डमा देखिन्छ । जसले लागु औषध कारोबारी र सेवनकर्ता खुला सीमा मार्फत आवात जावत गर्ने थलोका रुपमा प्रयोग भईरहेको पाईएको छ । लागू औषध अपराध न्युनिकरणको लागि प्रहरीले सक्रियता देखाएको पनि छ । धेरै उपलब्धि हासिल गरेको छ । लागू औषधका सेवनकर्ता र ओसार पसारमा संलग्न व्यक्तिलाई दिनहँ जसो पक्राउ गर्ने प्रहरीले लागु औषध नियन्त्रणका लागि नयाँ जुक्ति निकालेको छ ।

लागू औषधका ओसार पसारकर्ता र सेवनकर्तालाई नियन्त्रणमा लिन प्रहरीले शनिबार देखि तालिम प्राप्त कुकुर परिचालन गरि चेकजाँच सुरु गरेको छ । केनाईन शाखा कोहलपुरबाट खटिएका तीन कुकुर फिरिया, ब्युटि र एन्जलले बिहानै देखि तदारुकताका साथ गुलरिया नगरपालिका–७ स्थित बसपार्क भएर आवागमन गर्ने सार्वजनिक सवारी साधनमा पसेर चेकजाँच गरे ।

त्यसैगरि गुलरिया नगरपालिका वडा नं. ८ सुरजपुर, वडा नं. ११ लौकाही र बढैयाताल गाउँपालिका स्थित फुटाहा नाकामा तालिम प्राप्त तीन कुकुर चेकजँच गरेका छन् । लागू औषध न्युनिकरण गर्ने उदेश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा सुर्खेत हाल कोहलपुरको समन्वयमा तालिम प्राप्त तीन कुकुर परिचालन गरि चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले बताए ।

‘बसपार्क भएर आवागमन गर्ने सवारी साधन र सिमानाकामा कुकुर परिचालन गरि लागू औषधको चेकजाँच गरिएको छ,’उनले भने,‘आवश्यकता अनुसार बिचबिचमा सिमामा तालिम प्राप्त कुकुर परिचालन गरि चेकजाँच गरिनेछ ।’ चालु आर्थिक वर्षको साउन देखि चैतसम्म लागू औषधका ९१ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयमा तथ्यांक छ ।

त्यसैगरि आव ०७८/०७९ मा ३३, ०७९/०८० मा ५६ र ०८०/०८१ मा १ सय २४ वटा लागू औषधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ । प्रहरीमा दर्ता भएका मुद्दामा प्राय १९ देखि ३० वर्षका युवाहरु बढी संलग्न भएको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय