अवैध सामान बरामद
मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

बर्दिया, असार १० (फरकसमाचार) / प्रहरीले अवैध सामान बरामद गरेको छ । गुलरिया नगरपालिका– ११ लालपुर स्थितबाट प्रहरीले अबैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छली गरि ल्याएको रु ४० हजार ४ सय बराबरको मोटरसाइकलको पार्टपुर्जाका सामान प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा फेला पारेको सामान प्रहरीले आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय