मङ्गलबार, असार १०, २०८२
मा प्रकाशित
1791
Shares
बर्दिया,असार १० (फरकसमाचार)/ साल जातको अबैध काठ प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–६ उच्चगाउँ स्थित मैनापोखरबाट बाँसगढी जाने भित्री सडक खण्डबाट अबैध चिरान काठ आइतबार राति साढे १० बजे प्रहरीले बरामद गरेको हो । बरामद काठ बेवारिसे अवस्थामा फेला परेकोले कसले, कहाँबाट काठ लग्न लागेको नखुलेको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार भे १ त ६०८२ नंम्बरको ट्याक्टर ट्रालीमा लोड गरि बेवारिसे अवस्थामा फेला परेको साल जातको चिरानी चौकस काठ १ सय २९ दशमलव ५७ क्युफिट छ । बरामद काठ र ट्याक्टर ट्रालीको मुल्य रु १३ लाख ५ सय ६५ रहेको प्रहरीको भनाई छ ।
बरामद काठ र ट्याक्टर ट्राली आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय बा“सगढीमा बुझाएको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।