लागू औषधसहित दुई जना पक्राउ
बुधबार, असार ११, २०८२ मा प्रकाशित

बर्दिया,असार ११ / लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थित ४ नंम्बर चोकबाट लागू औषधसहित दुई जनालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–७ पेडरीका २४ वर्षीय सरोज कुमार चौधरी र भारत बहराइच जिल्ला मोतिपुर थाना बलईगाउँका १८ वर्षीय रबि चौधरी रहेका छन् ।

दुवै जना भारतीय बलईगाउँ बजारबाट नेपालतर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाले लुकाई छिपाई राखेको ४ ग्राम ७० मिलीग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीको दावी छ ।

दुवै जनालाई नियन्त्रणमा लिई मंगलबार अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय