वृद्धाहरुको दिनचर्या बारे प्रदेश सांसद सोडारीको चासो
शुक्रबार, असार १३, २०८२ मा प्रकाशित

बर्दिया असार १३ / लुम्बिनी प्रदेश सांसद मालती सोडारीले वृद्धाहरुको दिनचर्या बारे चासो देखाएकी छन् । गुलरियामा बिहीबार जेष्ठ नागरिक अन्तरक्रिया कार्यक्रम आयोजना गरि दिनचर्या बारे सांसद सोडारीले चासो देखाएकी हुन् ।

हामीले जति बोल्न खोजे पनि छोराछोरी आफ्नै काममा व्यस्त हुन्छन् नाति नातिना कहिले कसो आएर बोलिहाल्छन् नत्र दिनभरि एक्लै हुन्छौँ जेष्ठ नागरिक मीना थापाले बताइन् । ‘हामी जस्तो छौँ त्यस्तै हाम्रा छोराछोरी हुन सक्दैनन् समयसँगै मानिस परिवर्तन हुँदै जान्छ,’थापाले थपिन्,‘हामी जस्तो हाम्रो छोराछोरी हुन नसके पनि छोराछोरी जस्तो हामी हुनुपर्छ ।’ छोरा कामको सिलसिलामा काठमाडौँ बस्छ, बुहारी गाउँमा बस्छी र नाती पनि उतै पढ्छ, घरमा एक्लै बस्न परेको मिना रावलको दुखेसो छ ।

आमाहरुको दिनचार्यको अवस्था बुझेर आगामी वर्षमा सघाउँ पुर्याउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सांसद सोडारीले बताईन् । ‘आमाहरूले आफ्नो वृद्धभत्ताले मानो आधा भर्नुभयो भने त्यो मानोलाई पूरा भर्ने जिम्मा मेरो छ,’ सांसद सोडारीले भनिन्,‘आउने वर्ष आफ्नो भत्ताको पैसा छुटाएर एउटा धुप काटेर हुन्छ कि टपरी बुनेर हुन्छ, व्यवसाय सुरु गर्नुहोस्, तपाईहरुलाई साथ दिन म तयार छु ।’

आगामी वर्षको बजेट विनियोजनमा लागू औषध, स्वयंसेविका, शिक्षिका, बालबालिका, जेष्ठ नागरिक, महिला तथा पत्रकारहरूको लागि आवश्यक तालिम राखेको सांसद सोडारीले खुलाइन् । गुलरिया नगरपालिका–५, ६ र ७ का करिब ४० जना वृद्धाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय