‘संरक्षणमा टेवा पुग्ने गरि संचारकर्मीको कलम चल्नुपर्छ’
शुक्रबार, असार १३, २०८२ मा प्रकाशित

बर्दिया,असार १३ (फरकसमाचार) /   संरक्षणमा टेवा पुग्ने गरि संचारकर्मीहरुको कलम चल्नुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग तथा नेपाल पत्रकार महासंघको आयोजनामा बिहीबार आयोजित जैविक विविधता संरक्षण पर्यापर्यटन प्रवद्र्धन र मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण सम्बन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम अध्यक्ष घिमिरेले यस्तो बताएका हुन् ।

जिल्ला स्थित रहेका संचारकर्मीहरुले संरक्षण क्षेत्रमा ठेस नपुग्ने किसिमले रिपोटिङ गरिरहेको अध्यक्ष घिमिरेले बताए । ‘संचारकर्मीले संरक्षण सम्बन्धि सबै कुरा नबुझेको हुन सक्छ,’अध्यक्ष घिमिरेले भने,‘संचारकर्मीले समाचार तयार गर्दा संरक्षण क्षेत्रमा असर पर्न सक्ने शब्द चयन गर्न सक्छन्,जसले गर्दा संरक्षण क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित निकायले समय समयमा संचारकर्मीलाई संरक्षण सम्बन्धि जानकार बनाउने उदेश्यले तालिम र अन्तरक्रियाको आयोजना गर्नुपर्छ ।’

‘संरक्षणले गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज पाईने वन्यजन्तुले विश्वभरका पर्यटनको ध्यान खिचेको छ । पर्यटन भित्रिएरै निकुञ्ज क्षेत्रका समुदायको आर्थिक स्थिती उकासिन मद्दत पु¥याएको छ । संरक्षण क्षेत्रमा टेवा पुर्याउने गरि संचारकर्मीहरुको कलम चल्नुपर्ने,’अध्यक्ष घिमिरेले भनाई राखे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले वन्यजन्तुको आनाबानी र वन्यजन्तुबाट कसरी सुरक्षित हुन सक्ने सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रस्तुुतिकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय