बर्दिया,असार १४ / जिल्ला स्थित सुनचाँदी व्यवसायीले गुलरियामा विरोध प्रदर्शन गरेका छन् । सुनचाँदी पसल बन्द गरि विरोध ¥याली निकाली व्यवसायीले शुक्रबार विरोध प्रर्दशन गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना निकालीएको विरोध ¥याली गुलरिया बजार परिक्रमा गरि राधाकृष्ण चोकमा परिणत भएको थियो ।
सुनमा लगाइएको २ प्रतिशत बिलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत मुल्य अभिबृद्धि कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माणको व्यवसायीले माग गरे ।
बजारमा सुनको भाउ आकासिदै गएको गुलरिया नगरपालिका–६ स्थित रहेको न्यु बागेश्वरी सुनचाँदी पसलका संचालक जय यादवले बताए । ‘सरकारले लागु गर्न खोजेको नयाँ करमा उपभोक्ता माथि झन् आर्थिक भार थपिनेछ,’उनले भने,‘जसले गर्दा सुनचाँदी व्यवसायी, कालीगढ र मजदुरको जिविकोपार्जन धरासायी पर्ने खतरा बढेको छ ।’
हाम्रो माग सुनुवाई नभएसम्म देशव्यापी रुपमा विरोध प्रदर्शन गरिरहने सुनचाँदी व्यवसायी संघ बर्दियाका अध्यक्ष विष्णु कुमार सुनारले जनाए । गत जेठ २९ र ३० गते पसल बन्द गरि सुनचाँदी व्यवसायीले विरोध गरेका थिए ।