बाढीबाट सुरक्षित राख्न समुदायमा कृतिम घटना अभ्यास
शनिबार, असार १४, २०८२ मा प्रकाशित

बर्दिया,असार १४ / नदी तटीय तथा बाढीको उच्च जोखिममा रहेको समुदायमा कृतिम घटना अभ्यास गरिएको छ । बारबर्दिया नगरपालिका–३ स्थित भैसाखानीमा शुक्रबार बिहान पुर्व सुचना एवंम् स्थानान्तरण सम्बन्धि समुदाय स्तरिय कृतिम घटना अभ्यास कार्यक्रम गरिएको हो । बस्तीमा बाढी पस्ने पुर्व सुचनाका आधारमा घर गाउ“बाट जेष्ठ नागरिक, गर्भवती, बालबालिका, अशक्त व्यक्ति र धनमाल कसरी सुरक्षित स्थानतर्फ लैजाने कृतिम घटना अभ्यासमार्फत सिकाईएको छ । विपद्का कुनै घटना भए सबै भन्दा पहिला समुदायले नै उद्दारमा जुट्न सक्छन्,जसकारण स्थानीय समुदायमा रेडक्रसले तयार गरेको कार्यदलका प्रतिनिधिलाई संलग्न गराई बाढीबाट कसरी सुक्षित हुने कृतिम घटना अभ्यासमार्फत क्षमता अभिवृद्धि गराईएको छ ।

रेडक्रसले समुदायमा तयार गरेको कार्यदलले बाढी आएमा पुर्व सुचना, स्थानान्तरण, आश्रय स्थल निर्माण, सहायता कक्ष, स्वच्छता, मर्यादा सामाग्री वितरण, गुनासो सुन्नेलगायतका जिम्मेवारी कसरी निर्वाह गर्ने कृतिम घटना अभ्यासमार्फत प्रस्तुत गरिएको छ ।

समुदायलाई प्रत्यक्ष सहभागि गराई रेडक्रसले गरेको कृतिम घटना अभ्यासले बाढीबाट कसरी धनजनलाई सुरक्षित गर्ने सिक्ने अवसर पाएको बारबर्दिया नगरपालिका–३ का मोहन थारुले बताए । कृतिम अभयासबाट बाढी बस्ती छिरे के के गर्ने ज्ञान पाएको उनले सुनाए ।
जनधनको सुरक्षा कसरी गर्ने नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति कृष्ण प्रसाद गौतमले बताए । ‘बाढी आइहाल्यो भने रेडक्रसले कसरी काम गर्छ, समुदायले थाहा पाउन जरुरी छ,’उनले भने,‘रेडक्रसले कार्यदल तयार गरेको छ, कार्यदललाई प्रशिक्षण गरेको छ, बाढीको बेला गाउँलेलाई उद्दार गरि सुरक्षित स्थानमा लैजान कार्यदल तैनाथ पनि हुन्छ ।’

बाढीबाट कसरी सुरक्षित हुने रेडक्रसले आयोजना गरेको कृतिम घटना अभ्यासले सिकाएको बारबर्दिया नगरपालिका–२ का वडा अध्यक्ष रामफेरन थारुले बताए । ‘विस २०७१ सालको साउनको अन्तिममा आएको बाढीको पुर्व सुचना नपाउ“दा हाम्रो वडाका ९ जनाले ज्यान गुमाएका थिए,’वडा अध्यक्ष थारुले भने,‘स्थानीय स्तरमा रेडक्रसले तयार गरेको कार्यदलले बाढीको पुर्व सुचना दिएर सुरक्षित गर्न मद्दत पु¥याउने छ ।’

बाढीको उच्च जोखिम क्षेत्रलाई मध्यनजर गरि पुर्व तयारी सम्बन्धि गतिविधिमार्फत सचेतना फैलाउने कार्यक्रम गरिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका अधिकृत हरि केसीले बताए । ‘पूर्व सुचना प्रणाली एवंम् स्थानान्तरण सम्बन्धि समुदाय स्तरिय कृतिम घटना अभ्यास कार्यक्रम गरिरहेका छौं,’अधिकृत केसीले भने,‘बाढीको उच्च जोखिम रहेको राजापुर, मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा कृतिम अभ्यास गरिसकेका छौं ।’ अब गुलरिया नगरपालिकामा गर्ने तयारी छ ।

आइएफआरसिको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको आयोजनामा वर्षाको पुर्व अनुमानमा पुर्व तयारी कार्यक्रम संचालन भईरहेको अधिकृत केसीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय