लागू औषधसहित तीन जना पक्राउ
मङ्गलबार, साउन ०७, २०८२ मा प्रकाशित

बर्दिया,साउन ६(फरकसमाचार)/ लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका –७ पचासा स्थितबाट एक र वडा नं.६ खल्लागाउँ स्थितबाट दुई जनालाई लागू औषधसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–५ छमनियाका २४ वर्षीय कर्ण बहादुर लोहार, बढैयाताल गाउँपालिका–५ जगतियाका २४ वर्षीय राहुल थारु र २१ वर्षीय शिव प्रसाद थारु रहेका छन् ।

भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लोहारको साथबाट १ ग्राम ३ सय ५० मिलिग्राम र राहुल र शिव प्रसादको साथबाट ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय