अत्यधिक गर्मीले जनजीवन कष्टकर
आइतबार, साउन १२, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, साउन ११/ अत्यधिक बढेको गर्मिले जनजीवन कष्टकर बनेको छ । अघिल्लो साता देखि बढ्दो गर्मिले सर्वसाधारणको दैनिक कष्टकर बन्दै गएको हो । अति आवश्यक कामबाहेक सर्वसाधारणहरु घर बाहिर निस्कन सकेका छैनन् ।

गर्मिले गर्दा अति आवश्यक काम बाहेक सर्वसाधारण घर बाहिर निस्कन नसक्दा भिडभाड हुने कार्यालयहरुमा सेवाग्राहीहरुको चाप घट्दै गएको छ । त्यसैगरि दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । काम पाइएपनि चर्को गर्मिले काम गर्न गाह्रो भईरहेको उनीहरुको भनाई छ । लामो समय देखि वर्षात नहुँदा अत्यधिक गर्मि बढेको छ ।

अत्यधिक गर्मिले गुलरिया बजारमा सन्नाटा छाएको छ । दिनमा मुस्किलले ४,५ सयको व्यापार हुने गरेको गन गजानन्द सुनचाँदी पसलका व्यवसायी कुनाल सोनीले बताए । ‘दिनमा मुस्किलले ८,९ जना ग्राहक आएपनि हेरेर फर्किन्छन्,‘उनले भने,‘ह्वातै बढेको गर्मिले ग्राहकहरु निस्कन सकेका छैनन् ।’

गुलरियाका साना देखि ठुला सबै व्यापारी मर्कामा परेको गुलरिया नपा–७ स्थित रहेको किराना पसलका दीपक खड्काले बताए । ‘पहिला अलि अलि व्यापार हुन्थ्यो,‘उनले भने,’तर, आजकाल बढ्दो गर्मिका कारण व्यापार ठप्प छ ।’

लामो समय देखि वर्षात नहुँदा किसानले लगाएको धानबालीसमेत सुक्न थालेको छ । वर्षात नहु“दा बोरिङबाट धानमा सिंचाई गर्न बाध्य भएको गुलरिया नगरपालिका–८ का तेजराम लोधले बताए । गर्मिले टाउको दुख्ने, डायरिया, ज्वरो लगायतका बिरामी अस्पतालमा आउने संख्या बढिरहेको छ । गर्मीमा पानीको मात्रा बढाउन चिकित्सकहरुले आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय