गुलरियामा भोली देखि महोत्सव संचालन हुँदै
आइतबार, माघ २६, २०८२ मा प्रकाशित

बर्दिया,माघ २५(फरकसमाचार) / गुलरिया नगरपालिका–७ बसपार्क नजिकै भोलि देखि महोत्सव संचालन हुँदैछ । श्री कृष्णसार जनचेतना युवा स्पोर्ट क्लवको आयोजनामा भोली सोमबार देखि कृषि, पर्यटन, उद्योग व्यापार तथा बृहत साँस्कृतिक महोत्सव संचालन हुन लागेको हो । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले सोमबार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । माघ २६ गतेदेखि फागुन ७ गतेसम्म महोत्सव संचालन हुनेछ । महोत्सवको संरक्षक गुलरिया नगरपालिका र सहसंंयोजक शिव शक्ति बुढानिलकण्ठ मन्दिर रहेको छ ।

गुलरिया महोत्सव भव्य र सभ्य रुपमा सफल बनाउन स्थानीय सरकार, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासनलगायत सम्बन्धित निकायहरुसंग समन्वय गरिरहेको महोत्सवका संयोजक राजु भण्डारीले बताए । ‘महोत्सवमा स्टल राख्ने गुलरियाका स्थानीयलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’उनले भने,‘एक सय स्टलमा ६० भन्दा बढी बुक भईसकेको छ ।’ महोत्सवमा रु २० देखि ४० लाख बराबरको कारोबार हुने अनुमान गरिएको संयोजक भण्डारीले जनाए ।

महोत्सव प्रवेश शुल्क (टिकट) रु एक सय तोकिएको छ । जसमा अपाङ, असहाय, वृद्धवृद्धालाई पुर्ण छुट गरिएको छ भने विद्यार्थी र जेनजीलाई २० प्रतिशत छुट गरिएको छ ।

महोत्सवबाट हुने आम्दानी गुलरिया नगरपालिका–४ कैलाशनगर स्थित निर्माणधिन बुढानिलकण्ठको मन्दिरमा लगाउने श्री कृष्णसार जनचेतना युवा स्पोर्ट क्लवका अध्यक्ष एसके सिद्धान्त शर्माले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, स्थानीय उत्पाद प्रदर्शनी, थारु कला संस्कृति र थारु परिकार आकर्षण रहने आयोजकले जनाएको छ ।

‘गुलरिया नगरपालिका–४ स्थित निर्माणधिन अपुरो मन्दिरलाई पुर्णता दिएर धार्मिक पर्यटन भित्रि¥याउने उदेश्यले महोत्सव आयोजना सकारात्मक रहेको छ,’ नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले भने,‘यस पवित्र कार्यलाई नेपाल पत्रकार महासंघ र संंचारकर्मीहरुले सकारात्मक रुपमा लिएका छन् ।’ महोत्सवलाई अनुशासित र मर्यादित बनाउन आयोजक एकदमै चनाखो हुनपर्ने अध्यक्ष घिमिरेले सुझाए ।

प्रतिक्रिया

सम्बन्धित खवर