जनकपुरधाम, फागुन ३० : जनकपुरमा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ । घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २९ वर्षिय ब्रह्मदेव यादव, ३५ वर्षिय राजु महरा, ४० वर्षिय विलास मण्डल, राम नारायण महरा र ६५ वर्षिय गुदरी महरा रहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।
‘नियमित घरायसी मदिरा सेवन गर्दै आएकाले मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ इप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकले भने । जानकी मेडिकल शिक्षण अस्पतालमा दुइजनाको बिहीवार र दुई जनाको शुक्रवार विहानै मृत्यु भएको थियो भने एक जनाको घरमै शुक्रवार विहानै मृत्यु भएको उनले बताए । पाँचवटै शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।