फुटबल : सातदोबाटो विजयी
शनिबार, चैत ०१, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत १ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा शुक्रकार भएको खेलमा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

सातदोबाटोको जीतमा महेन्द्र कार्कीले गोल गरे । उनले खेलको पहिलो हाफको १४औँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल साबित भयो । त्यसपछि खेलका विभिन्न समयमा गोल फर्काउन नसकेको ब्वाइज युनियन अन्ततः हार बेहोर्न बाध्य बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर