शनिबार, चैत ०१, २०७६
मा प्रकाशित
0
Shares
भरतपुर, चैत १ : प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७६ शुक्रबारदेखि यहाँ शुरु भएको छ । भरतपुरस्थित कभर्डहलमा शुरु भएको प्रतियोगिताको वागमती प्रदेशसभा सदस्य विजय सुवेदीले उद्घाटन गरे ।
उनले पछिल्लो समय चितवनमा खेलकूदको गतिविधि बढ्दै गएकामा खुशी व्यक्त गर्दै अन्तरराष्ट्रियस्तरको रंगशाला निर्माणले समेत खेललाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल खेलाडी तथा प्रशिक्षक संघ, चितवनको आयोजनामा शुरु भएको प्रतियोगिता भोलि सकिँदैछ ।
प्रतियोगितामा मेन्स डबल ‘ए’, ‘बी’, भेट्रान ४५ माथि र भेट्रान ५५ माथि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा देशभरबाट कूल २०० खेलाडी सहभागी भएको आयोजक संस्थाका कुश गुरुङले जानकारी दिए ।