कोरना कहर : खुला सीमाना पनि ठप्प, वारीको वारी पारीको पारी
मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित

बर्दिया, चैत ११ : बेरोकटोक आवागमन हुने बर्दियाको ८२ किलोमिटर खुला सीमामा सोमबार विहान देखि आवागमन ठप्प पार्न प्रहरी सफल भएको छ । नेपाल र भारतको आवागमन उच्च सर्तकता अपनाएका कारण खुला सीमा ठप्प भएको हो ।भागेर नेपाल भित्रने खोज्ने एक दर्जन बढि लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि सीमावर्ती हेल्थ डेस्क राखेर आवागमन गर्न दिएपनि पछिल्लो समय सीमावर्तीमा प्रहरीले कडाई गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने संघिय सांसद संजय गौतम लगायत आठ वटा स्थानीयतहका प्रमुख विच भएको अन्तरक्रिया सीमावर्ती हुने आवागमन नियन्त्रण गर्ने,सबैतहले क्वारेन्टाई व्यबस्थापन गर्न,नागरिक सचेत गर्न सबै निकायले अवलम्बलन गर्ने निर्णयमा उल्लेख छ ।

सीमावर्तीमा जवरजस्त रुपमा प्रस्तुत भएर भागेर नेपाल भित्रन खोज्ने र भारत तर्फ जाने लाई सीमामा रोक्न सफल भएको प्रजिअ लामिछानेले दाबी गरे ।‘उच्च पदस्थ नेता ज्यूसँग बैठकबाट कोरना जोखिम नियन्त्रणका लागि निर्णय गरेका छौ’उनले भने,‘निर्णय कार्यन्वयन गर्न हामी प्रतिबद्धताका साथ लागेका छौ ।’

भारत र नेपाल आवागमन गर्दा कोरोना भाईरस(कोभिड १९) उच्च जोखिम रहेकोले सीमावर्तीमा परिचालित प्रहरी आवामन ठप्प पारेको हो । छिमेकि जिल्ला बाँके र कैलालीबाट आवागमन गर्न नपाएपछि स–साना नाकाबाट आवागमन सूचना पाएपछि पूर्ण रुपमा आवागमन ठप्प पारिएको प्रहरी प्रमुख एसपि राजेशनाथ वास्तोलाले बताए ।‘नेपाल र भारतका जोडिएका ग्रामिण बस्ती छन्’उनले भने,‘त्यस्ता संबेदनशिल ठाउँबाट रोक्न सीमा क्षेत्र रणनितिक योजना अनुरुप प्रहरी परिचालन गरिएको छ ।

’सादा पोशाक,सीमाावर्ती ईकाई कार्यरत प्रहरी र जिल्लाबाट खटिएको टोलीले भारतीय पक्षसँगको समन्वय गरेर आवागमन ठप्प पारिएको उनले जानकारी दिए ।‘छिमेकि जिल्ला बाँके र कैलालीमा ठूला नाका छन्,त्यहावाट जान नखोजेर भागेर नेपाल पस्न नदिन प्रहरी कडाईका साथ प्रहरी प्रस्तुत भईरहेको छ’उनले भने,‘सीधाबाटो आउँने क्वारेन्टाईनमा पठाईएको छ भने अन्यलाइए भारत तर्फ नेपाल पस्न खोज्नेलाई भारतनै फिर्ता पठाईएको छ ।’

आईतवार राती भारतको गुजराजतबाट घर फर्कन थालेका ६ जनालाई सीमावर्ती नियन्त्रण लिएर क्वारेन्टाईनमा राखिएको छ । ज्वरो,खोकी लागेका त्यस्ता विरामीलाई क्वारेन्टाईनमा राखिएको प्रहरी प्रमुख एसपि वास्तोलाले जानकारी दिए ।‘सीमावर्ती क्षेत्रमा दुई साता अघि देखि कोरोना भाईरस सम्बन्धि सचेतना दिईरहेका थियौ,’उनले भने,‘सीमाबासी सचेत भएकाले हामीले आवागमन ठप्प पार्न सहज भएको हो ।’

उनका अनुसार चलन चल्तिका गुलरिया,राजापुर,गणेशपुर,जमुनी र कोठियाघाट थप प्रहरी परिचालन गरी उच्च सर्तकता अपनाईएको छ ।प्रहरीले जिल्लामा रहेका ८ वटा स्थानीय तहका वडामा माईकिङ गरेर सर्तकता अपनाउँन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय