राहत वितरणमा अफु खुसी
आइतबार, चैत ३०, २०७६ मा प्रकाशित

काठमाडौं, चैत ३० : कोरोना भइरले अहिले पुरै देश लकडाउनको अवस्थामा छ । अहिले सरकार, व्यक्ती विभिन्न संघ संस्था लगाएतले राहत वितरण गर्दै आएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा हुनेखानेलाई राहत वितरण गरेको पाए पछि स्थानीले विारोध गरेका छन् ।

विभिन्न संघ संस्था तथा नगरपालिकाले दिएको राहत मनोमानी ढङ्गले वितरण गरेका हुन् । घर भित्र राखेर राहत वितरण गरेको एक स्थानीले बताए । सम्पन्न परिवारलाई मात्र राहत दिएको छ तर विपन्न परिवारलाई वञ्चित गराएको छ । उनले भने, ‘मनोमानी ढ्ङ्गले राहत विरण गरेपछि आफुहरुले विरोध गरेको हो ।’

स्थानीयका अनुसार उनीहरुले पाउनु पर्ने राहत नपाएको गुनासो गरे । राहत वितरणको नगरपालीकाले दुई गाडी राहत पठाइएको थियो । जसमा उनीहरुले ६० जनाले मात्र राहत पाइएको स्थानीइले गुनासो गरे ।

निम्न वर्ग, एकल महिला, मजदुरहरुको चहिचान गरेर मात्र राहत वितरण गरेको राहत वितरणको संयोजक सन्तोषराज भण्डारीले बताए । हामीले यो सँग तिन पटक राहत वितरण गरेको हो । उनले भने, ‘१० केजी चामल, एक प्याकेट तेल, नुन र एक केजी दाल वितरण गरेको छ । राहत व्यवस्थित तरिकाले राहत वितरण गर्दै आएको उनले बताए ।

सम्पन्न परिवारको मात्र राहतको सूचीमा नाम परेका भन्दै स्थानीले विरोध गरे पछि राहत वितरण स्थगित गरेको छ । नगरपालिकाले वड नं ५ मा राहत विरणको लागि भन्दै दुई गाडी राहत सामाग्री पाठाइएको थियो । जसमा ६० जनालाई मात्र राहत वितरण गरोको छ । एक दम व्यवस्थित ढङ्गले राहत विरण गर्दै आएको भण्डारीले बताए । राहत विराणमा कुनै पनि शंका नहरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय