नेपाल एयरलाइन्सका दुई वाइडबडी आज चीनको ग्वाङझाउ जाँदै
बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख ४ : नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहान आज (बिहीबार) चीनको ग्वाङझाउ जाँदैछ । चीनबाट मेडिकल सामान ल्याउन निजी कम्पनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका नेपाल एयरलाएइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

दुवै जहाज बिहीबार साँझ पौने ७ बजे चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् । खड्काका अनुसार फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड भएको हो ।

चीनको ग्वाङझाउबाट मेडिकल सामान लिएर नेपाल एयरलाइन्स शुक्रबार बिहान काठमाडौं फर्कने छन् । कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय