बर्दिया, असोज ५ (फरकसमाचार) / जिल्लामा थप २२ जनामा कोरोना संक्रमण मंगलबार पुष्टि भएको छ । १५ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार १ सय ८९ पुगेको छ । त्यसैगरी मंगलबार ६ जना निको भएका छन् । निको हुनेको संख्या ६ हजार ९ सय १४ पुगेको छ । ६६ जनामा भाइरस सक्रिय रहेको छ ।
सक्रिय संक्रमित मध्ये ६५ होम आईसोलेसनमा र १ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ९ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।