सिडिओ खरेलले खुसी पार्दै सेवाग्राही
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

मेनका चौधरी

बर्दिया, बैशाख २०/ सार्वजनीक विदाका दिनमा समेत सेवा प्रवाह हुने भएपछि सेवाग्राही खुसी भएका छन् । रामनवमीको बिदाको दिन पनि जिल्ला प्रशासन कार्यालयले खुला बिषयगतका सेवा दिँदा सेवाग्राही खुसी भएका हुन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीको सेवा पाएको सेवाग्राही निसा वुढा कुमालले बताईन् ।

राहदानीको सेवा ६ जना, राष्ट्रिय परिचय पत्रको सेवा ६ जना,नागरिकताको प्रतिलिपि एक र बिबिधि सिफारिस एक जनाले लिएको प्रशासकिय अधिकृत लोक ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट २०८१ वैशाख १ गतेदेखी चैत मसान्त सम्म १८ वटा सार्वजनीक विदामा समेत सेवा प्रवाह गरिने भएकोले नेपाली नागरिकता सम्वन्धी सेवा, राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवा, राहदानी सम्वन्धी सेवा दिने प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिए ।

प्रशासनको उच्च सर्तकर्तामा आगलागी

जिल्ला प्रशासन कार्यालयले बिपद व्यबस्थापनको जोखिम न्यूनिकरण वा सचेतनाका लागी गतिबिधि गरिरहेको छ । यतिबेला सुख्खा तथा गर्मीको समयमा जिल्लामा आगलागीका घटनाहरु बढिरहेको बेला स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । गहुँ काटेपछी छवाली तथा भुसा आगो लगाउदाँ विगतमा छिमेकी बस्ती, घर छहराहरुमा बालीमा समेत आगलागी भएको हुदाँ आगोँ नलगाउनका लागि सुचना प्रभाव गर्न सवै प्रहरी युनिटलाई समेत आगो लगाउन नदिन प्रभावकारी व्यवस्था गरेको प्रजिअ खरेल बताउँछन् ।

खाना पकाउन वा आवश्यक कामका लागि आगो प्रयोग गर्दा होसीयारीका साथ गर्न, हुरी बतास चलेको समयमा आगोको प्रयोग नगर्न, आगोको प्रयोग गरिसकेपछि अगेनाको चुलो वा आगो बालेका ठाँउमा राम्ररी पानी हालेर आगो पुरा निभाउन पर्ने प्रशासनले आवश्यक्ता औल्याएको छ ।

सलाई, लाइटर, मट्टीतेल प्रेट्टोल, डिजेल जस्ता आगोले सजिलै सल्किने बस्तु सुरक्षित राख्रे र बालबालिकाले नभेट्ने गरी राख्ने, बालबालिकालाई आगो प्रयोग गर्नबाट रोक्न वा सचेत रहन जरुरी रहेको प्रशासनले पटक पटक सचेत गरेको छ ।

चुरोट विडी सल्काएर घासँपातका लागि जंगल जाँदा खाँदै नहिड्ने, वनजंङ्घल छेउछाउ आगो नबाल्ने र वनमा आगो नलागाउन प्रशासनले गरेको अर्को आग्रह हो । आगलागी भएको जानकारी गाँउ समुदायसम्म राम्ररी पुग्ने गरी वा कराउँदै सिट्टी फुकेर जनसहभागीता जुटाउनुका साथै नजिकको स्थानीय जनप्रतिनिधि सुरक्षा निकाय, दमकललाई तुरुन्तै खबर गर्न अत्यावश्यक रहेको पटक पटक प्रशासनले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय