बर्दियामा लागु औषधसहित एक पक्राउ
शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २८(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–७ गाउँ नंम्बर ५ स्थितबाट सोही ठाउँका २८ वर्षिय विकास पुन मगरलाई लागु औषधसहित आज शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रुपमा रहेका मगरलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगरको साथबाट ६ सय १० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ ।

मगरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर