बढैयातालका राजनीतिक दल धन्यबादका पात्र !
सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १७(फरकसमाचार)/ निजि बिद्यालयलाई प्रोत्साहन र सामुदायिक बिद्यालयका निरुत्साहित गर्न कक्षा ८ को नतिजा प्रकाशनमा चलखेल भएको आंशकामा राजनितिक दलले बिरोध गरे । बढैयाताल गाउँपालिकाले सामुदायिक बिद्यालयमा कक्षा ८ को परीक्षा नतिजामा ७ वटा बिद्यालयमा शून्य प्रतिशत नतिजा निकालेको सार्वजनिक गरेको थियो । केहि जनप्रतिनिधिको संस्थागत बिद्यालयमा लगानी सुनिश्चित गर्न चलखेल गरेको हुन सक्ने व्याप्त आंशका छ । चरणबद्ध आन्दोलनको घोषणासँगै संघर्षमा उत्रिएपछि राजनितिक दलका अघि बढैयाताल गाउँपालिकाका जनप्रतिनिधिले घुडा टेकेका छन् ।

आम अभिभावकका लागि राजनितिक दलले अडानममा नैतिक समर्थन बढैयातालबासीको थियो । राजनितिक दल अघि घुडा टेकेको बढैयाताल नेतृत्व माथी आलोचना भईरहेको छ । यसैबिच राजनीतिक पार्टीलाई सर्वसाधारण धन्यवाद पात्र भएको संज्ञा दिएका छन् । बढैयाताल गाउँपालिकाको तमाम शैक्षिक ब्यथितीका विरुद्धमा राजनीतिक पार्टी उत्रिदाँ सर्वसाधारणले पार्टीलाई धन्यवाद दिएका हुन् । बढैयाताल गाउँपालिकाको सामुदायिक विद्यालयको नतिजा निराशाजनक आएपछि सक्रिय स्थानीय राजनीतिक दल आन्दोलित भएका थिए । बैशाख ९ गतेदेखि राजनीतिक पार्टीहरु आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलित राजनीतिक पार्टी र गाउँपालिका बिच आइतबार सम्झौता भएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र राजनीतिक पार्टीका प्रतिनिधि बिच ६ बुँदे सम्झौता भई सहमति जुटेको छ ।

२७ सामुदायिक बिद्यालयको ८ कक्षाको नतिजामा ७ बिद्यालयको शून्य नतिजा बढैयाताल गाउँपालिकामा गठित शिक्षा समितिले सार्वजनिक गरेको थियो । सामुदायिक बिद्यालयको यस्तो नतिजा लाजमर्दो आएपछि राजनीतिक दलहरु संयुक्त रुपमा आन्दोलित भएका थिए ।

शैक्षिक क्षेत्र सुधारको लागि राजनीतिक पार्टीहरु एकबद्धता जनाउनु सह्रानिय रहेको बढैयातालका राम बहादुर चौधरीले बताए । ‘आन्दोलित सबै पार्टीलाई धन्यवाद छ’उनले भने,‘आन्दोलित पार्टी र पालिका बिच ६ बुँदे सहमति जुटेको छ ।’ जुटेको सहमति कार्यान्वयन भए पालिकाको शैक्षिक क्षेत्रमा पक्कै सुधार हुने विश्वास रहेको चौधरीको भनाई छ ।

कक्षा ८ को परीक्षाफलको लागि विद्यालयबाट पुनःयोगको लागि परेका सम्पुर्ण विद्यार्थीहरुको कापी पुनःयोग गर्ने, आर्थिक वर्ष ०८१÷०८२ को लागि परीक्षा समिति पुनःगठन गर्ने, ऐनमा उल्लेख भए बमोजिम १५ दिनभित्र परिक्षा समिति गठन गर्ने, पालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु काजमा गाउँपालिकामा वा अन्य विद्या

लयमा रहेको हुँदा जेठ मसान्तसम्म दरबन्दी मिलान गरि पठाउने बढैयातालको नेतृत्व बाध्य भएको छ । त्यसैगरि पालिका भित्र रहेका शिक्षक, जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले आफ्ना बालबालिकालाई तत्काल सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने र पालिकाको शैक्षिक परिदृश्यको व्यापक विश्लेषण गरि स्थानीय पाठ्यक्रमलाई तत्काल सम्पुर्ण विद्यालयमा पु¥याउने दबाबमा सहमति जुटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय