तीन लाख बढीको अबैध सामान बरामद
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २७(फरकसमाचार)/ भारतबाट भन्सार छली अबैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ । विभिन्न स्थानबाट प्रहरीले मंगलबार सामान बरामद गरेको हो । गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट मुल्य रु १ लाख ५० हजार बराबरको ठेलागाडा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

त्यसैगरि बाँसगढी नगरपालिका–५ मोतिपुर गाउँ स्थितबाट मुल्य रु १ लाख ४० हजार बराबरको अबैध लेदरको जस्तो देखिने कालो खैरो रंगको झोला ७० वटा, अन्दाजी मुल्य रु २३ हजार ७ सय बराबरको ५३ थान टिशर्ट बरामद भएको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले मुल्य रु १ हजार ४ सय ६० बराबरको प्याज र तर्बुजा बेवारिसे अवस्थामा फेला पारेको छ ।

बरामद अबैध सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक चक्र बहादुर देउवाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर