यौनिकता बारे अझै खुल्न सक्दैनन् किशोर किशोरी
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २७(फरकसमाचार)/ यौनिकता बारे सकारात्मक परिर्वतन ल्याउन संम्बाद गरिएको छ । बाँके युनेस्को क्लवको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा गुलरियामा बुधबार सकारात्मक यौनिकता बारे संम्बाद गरिएको हो । किशोर किशोरी, धर्मगुरु, बडघर र संचारकर्मीहरुको उपस्थितीमा सकारात्मक यौनिकता बारे बृहत छलफल भएको छ ।

अहिलेको अवस्थामा सकारात्मक यौनिकता शिक्षा बारे बालबालिका लाज मानेर खुलेर कुरा गर्न सक्ने स्थिती छैन । सकारात्मक यौनिकता बारे परम्परागत पुरानै धारणा कायम छ । सकारात्मक यौनिकताको कुरा गरे समाजले गलत दृष्टिकोणले हेर्छ । जसले गर्दा बालबालिकाले आफ्नो अभिभावक, शिक्षक र साथीभाईसंग यस बारे कुरा चाहर्दैनन् ।

यस बारे बालबालिकालाई व्यापक जानकारी नहुँदा बालविवाह, बलात्कार, लैङ्गिक हिंसालगायतका अपराध हुने गरेका छन् । किशोर अवस्थामा भएको परिर्वतनले बालबालिकाकाले गलत निर्णय गर्दा जिवन धरापमा पर्ने गरेको पाईन्छ । गलत निर्णय गर्दा बालबालिकाको क्यारियर बर्बाद हुन्छ । सकारात्मक यौनिकता शिक्षा बारे किशोर किशोरीलाई ज्ञान भए किशोर अवस्थामा हुने परिर्वतनलाई सजिलै व्यवस्थापन गर्न सक्छन् । किशोर अवस्था पार गरे आफ्नो लक्ष्यमा पुग्न सक्छन् ।

अझै पनि हाम्रो समाजमा सकारात्मक यौनिकता बारे खुलेर कुरा गर्ने अवस्था नरहेको सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत ईश्वर विकले बताए । ‘जबसम्म यौनिकता बारे सकारात्मक धारणा कायम गर्न सक्दैनौं,’उनले भने,‘तबसम्म समुन्नत समाजको परिकल्पना गर्न सक्दैनौं ।’ अब हामीले स्वास्थ्यसंग जोडेर सकारात्मक यौनिकता बारे जानेका कुरा साथीभाईलाई शेयर गर्न कार्यक्रम अधिकृत विकले आग्रह गरे ।

यौन शिक्षाको बारेमा घरबाट छलफल सुरु गर्नु पर्ने नागरिक समाज संजालकी संयोजक हेमा सुनारले बताईन् । ‘हामी अभिभावकले सकारात्मक यौनिकता बारे कतिको चासो लिएका छौं,’ उनले भनिन्, ‘विद्यालय, स्वास्थ्य संस्थाबाट मात्र नभई आफ्नै घरबाट खुलेर सकारात्मक यौनिकता बारे कुरा गर्ने वातावरण बनाउनु पर्छ ।’ अनि मात्र आफ्नो किशोर अवस्थाको बालबालिकालाई राम्रोसंग गाईड गर्न सक्ने सुनारले विश्वास व्यक्त गरिन् ।

बालबालिकाहरु सकारात्मक यौनिकताको विषयमा सशक्त भए बाल विवाह न्युनिकरण र बालबालिकाले विद्यालय छोड्ने दरमा कमी आउने गुलरिया नगरपालिका शिक्षा शाखाका प्रमुख सतिस यादवले धारणा व्यक्त गरे ।

सकारात्मक यौनिकता सम्बाद कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष यादव आचार्य, सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर