नागरिकता सम्बन्धि कसुरमा फरार चार पक्राउ
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २०(फरकसमाचार)/ नागरिकता सम्बन्धि कसुरमा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ का चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६६ वर्षिय दल बहादुर कामी, २५ वर्षिय टेकराज विक भन्ने अनिल सुनार, ४० वर्षिय मिना सुनार र ४५ वर्षिय कुल बहादुर सुनार रहेका छन् ।

नागरिकता सम्बन्धि कसुरमा अदालतले २०८० साल पुस ४ गते चारै जनालाई जनही रु ३५ हजार जरिवना र पिडित राहत कोषमा जनही रु १ हजार ४ सय जम्मा हुने गरि फैसला गरेको थियो । अदालतले जरिवाना तोकेदेखि चारै जना फरार रहेका थिए ।

खोजतलासको क्रममा चारै जना आफ्नै घर वतनमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय