लागु औषधसहित एक पक्राउ
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २०(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ११ का २९ वर्षिय रमेश चौधरीलाई प्रहरीले लागु औषधसहित मंगलबार पक्राउ गरेको हो ।

मधुवन नगरपालिका–७ गोपाल चोक स्थितबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । शंकास्पद रुपमा रहेका चौधरीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीको साथबाट १ सय १० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ । चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय