प्रहरीको बारकोडमा सर्वसाधारणको पहुँच
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

बर्दिया, बैशाख २०/ जिल्ला प्रहरी कार्यालयले देश भरिका सर्वसाधारणको पहुँचमा लागु हुने गरी नमुना बारकोड सार्वजनिक गरेको छ । बर्दिया प्रहरीले सार्वजनिक गरेको बार कोडमा पहिचान नखुलेका शब र हराएका व्यक्तिका सम्पूर्ण बिबरण रेकर्डमा उल्लेख गरिएको छ । बार कोड सर्वसाधारणले स्क्यान गरेर तत्काल हेर्न सक्ने समेत प्रहरीले प्रबन्ध मिलाएको छ । प्रहरीको पहुँचमा रहेको बार कोड सर्वसाधारणको पहुँच सम्म पुराउँन लामो समयको प्रयास पछि जिल्ला प्रहरी कार्यालयको नेतृत्व सफल भएको हो ।

यसअघि पहिचान नखुलेका शब र हराएको व्यक्तिको रेर्कड प्रहरी कार्यालयमा उल्लेख भएपनि प्रहरीले चिन्न नसक्दा समस्या उत्पन्न भईरहेको थियो । प्रहरी प्रधान कार्यालले प्रहरीले ईन्ट्राबाट मात्र हेर्न सम्भव हुने गरि एप निर्माण गरेको थियो । त्यस लगत्तै ईन्टरनेट मार्फत वेब साईड प्रयोग गरेर हेर्न सक्ने गरि निर्माण गरेको उल्लेख गर्दै प्रहरी हेरेर चिन्न नसक्दा वा साक्षर सर्वसाधारणलाई प्राबिधिक जटिलताले सम्भव नभएपछि बर्दियामा नयाँ बार कोड लन्च गरिएकोे प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

‘पहिचान खुल्न नसकेका शब र हराएका व्यक्तिको लामो सूचि छ’ उपरीक्षक धितालले भने,‘सूचिको बिबरण प्रहरीले मात्र हेर्दा चिन्न सम्भव भएन,त्यसकारण सर्वसाधारणको पहुँचका लागि बार कोड सार्वजनिक गरेका हौ ।’ बार कोडमा पहिचान खुल्न नसकेका व्यक्तिका तस्बिर र हराएका व्यक्तिका तस्बिर उपलब्ध छ । कस्तोे ठाउँमा शब भेटिएको समेत प्रहरीले खुलाएर लखेको छ ।

पहिचान नखुलेका र हराएका व्यक्तिको सूचि क्यामराबाट सहजतरिकाले उक्त बार कोड कैद गरेर हेर्न सकिने प्रहरी धितालले बताए । ‘सर्वसाधारणले त्यस्ता शब वा हराएको व्यक्तिको तस्बिर चिन्न सक्छ,’उनले भने,‘बर्सो देखि हराएका व्यक्ति र शबको पहिचान नखुलेर पिडित बनेका सर्वसाधारण त्यसबाट लाभान्वित हुनेछन् ।’

प्रहरी उपरीक्षक धितालका अनुसार प्रहरी प्रधान कार्यालयमा हुँदा प्रहरीको पहुचमा ईन्ट्रा सेवा शुरु भएको हो । ‘म प्रहरी प्रधान कार्यालयमा कार्यरत रहदा ८ महिना अघि वेब साईडको सुरुवात गरियो,’उनले भने,‘ईन्टरनेटबाट वेब साईड खोल्दा झन्झटिलो प्रक्रिया भयो,त्यसलाई पूर्णता दिन बार कोड निर्माण गरिएको हो ।’ बार कोडमा हराएका व्यक्ति देखिएमा तत्काल सर्वसाधारणले समेत बार कोडमा उल्लेखित सूचनामा लेखेर सूचना दिन सक्ने प्रबन्ध मिलाइएकाले सर्वसाधारणलाई बार कोडको बारेमा जानकारी दिन जरुरी रहेको उनको भनाई छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय