अडिट नहेरी सरकारले अनुदान दिँदैन : मन्त्री गुरुङ
बुधबार, चैत ०५, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक संघसंस्थाको अडिट प्रतिवेदन नहेरी सरकारले अनुदान नदिने बताएका छन । भक्तपुरको सानोठिमीस्थित ‘एसओएस बालग्राम, नेपाल’ को अनुगमन गर्ने क्रममा उनले जथाभावी रूपमा अनुदान दिने कामलाई सरकारले अन्त्य गर्ने र सामाजिक संघसंस्थाको अनुगमन गरेर मात्रै सरकारले अनुदान दिने परिपाटीको शुरुआत गर्ने स्पष्ट पारे ।

 

‘विभिन्न सामाजिक संघसंस्थाले अनुदानको रकम दुरुपयोग गरेको पाइएकाले पनि अब त्यस्ता गलत परिपाटीको अन्त्य गरेर अघि बढने योजना बनाएको छु’, मन्त्री गुरुङले भने, ‘अडिट रिर्पोट हेरेर बजेटको दुरुपयोग नगर्ने संघसंस्थालाई मात्रै अनुदानको व्यवस्था गर्नेछु ।’ उनले अनुदानको रकम दुरुपयोग भए÷नभएको तथ्य थाहा पाउन आफूले सामाजिक संघसंस्थाको अनुगमनको कामलाई तीव्रता दिएको पनि बताए । उनले प्रदेश र स्थानीय तहसँग मिलेर ‘बालग्राम’ स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

 

यसैबीच, मन्त्री गुरुङले चेलिबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको माइती नेपालको अनुगमन गरेका छन् । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम ‘युसेप’ नेपालले भक्तपुरको सानोठिमीमा सञ्चालन गरेको ‘बाल सुधार गृह’ को पनि आजै उनले अनुगमन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय