डुक्पा छिरिङ मोक्तान
काठमाडौं, चैत २४
विश्व भर कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै भदै बौद्धनाथ क्षेत्रविकास सिमितिले ऐहिासि तथा धार्मिक मह्त्व बोकेको बैद्ध तेमाल जात्र स्थगति गरिएको छ । बौद्धनाथ विकास समितिको संयोजकत्वमा विभिन्न संघ संस्था, गुठी, क्लब र स्थानीय समाजसेवी बुद्धिजिविहरुको छलफलमा तेमाल जात्र स्थगित गरेको बौद्धनाथ विकास समितका अध्यक्ष चन्द्रमान लामाले बताए ।
यस पालिको जात्र चैत २५ गते र २६ गते परेकाले यस बेला नेपाल पुर्ण रुममा लकडाउन रहेकाले तेमाल जात्रा मनाउन असम्भव भएकाले स्थगति गरेको बताए ।
तर यस जात्रका दिवंगत स्मरणमा दिव प्रज्जवलन गरि ङोवा गर्ने प्रचालन रहेका हुनाले बौद्ध स्तुपामा पुजा मात्र गर्ने भएको छ । पितृहरुको स्मरणको लागि संयुक्ता पुजा गरिने भएकाले भक्तजनहरले आफ्नो माता पिताको नाम टिाउनका लागि पनि आग्रह गरिएको छ । जसका लागि बौद्ध क्षेत्रविकास समिती, बौद्ध घयाङ गुठी, बौद्ध तामाङ कल्यान गुठीमा गएर आफ्नो माता पिताको नाम टिपाउन सिकिने व्यवस्था गरहेको लामाले बताए ।
यस अघि चैत पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन बालाजुको बासईधारा पुगि स्नान गरि स्वयम्बुमा पुगेर बत्ति बाल्लने प्रचलन रहेको छ । यो जात्रा दुई दिन सम्म चल्लने गर्दछ ।
तामाङ समुदायले पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन बौद्ध धर्म अनुसार जसले आफ्नो माता पिता गुमाएको सम्झनामा बत्ति बाल्ने गर्दछ । नेपालका विभिन्न भागमा छरेर बसोबास गर्ने तामाङ समुदायहरुको भोटघाटको थालो बन्दै आएको छ । काठमाडौंको वरिपरिका जिल्लाहरबाट बौद्ध तेमाल जात्रा माउन आउने गर्दछ ।
कसरी सुरु भयो तेमाल जात्रा १८९१ असोज २ मा तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ छ । अर्को भनाइ अनुसार बौद्ध स्तूपको जीर्णीद्धारा सम्पन्न भएको खुसीमा तेमाल राजा बलले तेमाल जात्रा चलाएका हुन । बौद्ध मार्गीले यस स्तुपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्ने गर्दछ ।
त्यस्तै बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए । सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ । यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तामाङ समुदायले तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।